नियम ४४
निवेदन दिन सक्ने
(१) बढुवा समितिको बढुवा सिफारिस निर्णय उपर चित्त नबुझ्ने सैनिक व्यक्तिले बढुवाको निर्णय भएको मितिले सात दिनभित्र आफू बढुवामा समावेश हुनु पर्ने स्पष्ट र बस्तुगत आधार सहितको निवेदन सचिवालयमा पेश गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि सचिवालयले आप्mनो राय सहित उक्त निवेदन सात दिन भित्र देहायको समिति समक्ष पेश गर्नुपर्नेछः–
(क) सहायक सेनानीदेखि उपरथी दर्जासम्म बढुवा हुनु पर्ने निवेदकको हकमा,–
(अ) बरिष्ठतम् रथी – अध्यक्ष
(आ) प्रधानसेनापतिले तोकेको बढुवा समितिमा नरहेको उपरथी – सदस्य
(इ) प्राड विवाक प्रमुख – सदस्य
(ख) पदिक दर्जामा बढुवा हुनु पर्ने निवेदकको हकमा,–
(अ) कार्यरथी – अध्यक्ष
(आ) सैनिक संगठन निर्देशनालयको प्रतिनिधि – सदस्य
(इ) प्राड विवाकको अधिकृत प्रतिनिधि – सदस्य
(ग) प्यूठ, अमल्दार, हुद्दा दर्जामा बढुवा हुनुपर्ने निवेदकको हकमा,–
(अ) सम्बन्धित युनिट रहेको क्षेत्रको पृतनापति वा निजले तोकेको वरिष्ठ अधिकृत – अध्यक्ष
(आ) सम्बन्धित पृतनापतिले तोकेको अधिकृत – सदस्य
(इ) सम्बन्धित पृतनामा कार्यरत प्राड अधिकृत – सदस्य
(३) उपनियम (१) बमोजिम पेश गरेको निवेदन उपर आवश्यक छानवीन गर्दा निज सो बढुवामा सिफारिस हुनु पर्ने देखिएमा उपनियम (२) बमोजिमको समितिले सम्बन्धित बढुवा समितिमा लेखि पठाउनु पर्नेछ । यसरी लेखिआएमा बढुवा समितिले निवेदकको जेष्ठता कायम हुने गरी पुन सिफारिस गर्नु पर्नेछ ।
(४) यस नियम बमोजिम परेको निवेदन उपर समितिले सात दिनभित्र टुङ्गो लगाई सक्नु पर्नेछ ।
(५) बढुवा समितिको निर्णय उपर तोकिएको म्याद भित्र निवेदन पर्न आएमा सो निवेदनको टुङ्गो लागे पछि मात्र बढुवा समितिको सिफारिस अनुसार बढुवा नियुक्ति प्रक्रिया अगाडि बढाउनु पर्नेछ ।
(६) सैनिक अधिकृतको पदमा बढुवाको सम्बन्धमा सैनिक सचिव विभाग, पदिकको पदमा बढुवाको सम्बन्धमा कार्यरथी विभाग र अन्य सैनिकको बढुवाको सम्बन्धमा सम्बन्धित पृतनाले उजुरी सुन्ने समितिको सचिवालयको कार्य गर्नेछ ।